प्रवास

साउदीको दमाममा ६ सय आप्रवासी नेपालीलाई राहदानी

By खबरहब

December 18, 2021

दोहा – गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच कार्यक्रम अन्तर्गत राहदानी वितरण र नवीकरण शिविर सम्पन्न भएको छ।

शुक्रबार साउदी अरबको पूर्वी क्षेत्र दमाममा भएको उक्त कार्यक्रम ९ सय बढी आप्रवासी नेपालीले सेवा लिएको एनआरएनए साउदीले जनाएको छ।

नेपाली दूतावास रियादको सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनएका पदाधिकारीहरूको सहजीकरणमा ५ सय ९८ भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागि ३ सय २४ जनाको फारम संकलन गरिएको जनाएको छ ।

नेपाली दूतावास रियादबाट राहदानी नवीकरणको लागि १३ नोभेम्बर र त्यसअघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागि फारम पनि संकलन गरिएको थियो।