देश/प्रदेश

एमाले लमजुङ अध्यक्षमा अधिकारी र सचिवमा पौडेल चयन

By खबरहब

December 18, 2021

लमजुङ– नेकपा एमाले लमजुङ अध्यक्षमा कृष्णप्रसाद अधिकारी र सचिवमा शुभाष पौडेल चयन भएका छन्। पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएपछि उनको ठाउँमा उपसचिव पौडेललाई सचिवको जिम्मेवारी दिइएको हो ।

एमालेका तत्कालीन जिल्ला अध्यक्ष धनञ्जय दवाडी पार्टीको गण्डकी प्रदेश सचिवमा चयन भएकाले पार्टी सचिव अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारीले जानकारी दिए ।

एमाले जिल्ला उपाध्यक्ष गुमानसिंह अर्याल यसअघि नै प्रदेश कमिटी सदस्य चयन भइसकेका छन् । एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बसेको अनौपचारिक बैठकमा पार्टी अध्यक्ष अधिकारी र सचिवको जिम्मेवारी पौडेललाई दिने निर्णय भएको एमाले गण्डकी प्रदेशका सचिव धनञ्जय दवाडीले बताए । उनका अनुसार पुस २३ गते जिल्ला अशिवेशन हुनेछ ।