समाचार

स्याफ्रुबेसी-रसुवागडी खण्डमा पहिरो, सडक अवरूद्ध

By खबरहब

June 19, 2021

रसुवा– पासाङ ल्हामु राजमार्गको स्याफ्रबेसी-रसुवा खण्ड पहिरोले अवरूद्ध भएको छ ।

धुन्चे देखि स्याफ्रुबेसी तथा रसुवागढीसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा झरेको पहिरोले ठुला चटान सडकमा आएर बाटो बन्द भएकाले पन्छाउने काम जारी भए पनि अझै सकिएको छैन ।

भोटे कोशीको कटानका कारण कतिपय स्थानमा सडकको जग नै बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डे बताए ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पहिरोका कारण अबरुद्घ हुँदा भन्सार जाँचपास भएका मालबाहक कन्टेनरहरू बाटोमै रोकिएका छन् ।