सांकेतिक तस्बिर

समाचार

कमला खोलामा भेटिएको शवको सनाखत

By खबरहब

October 19, 2021

उदयपुर-उदयपुरको कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शवको सनाखत भएको छ ।

तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको शव कटारी नगरपालिका-१० गिजिङटारका ४५ वर्षिय गुमानसिंह खड्काको रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

तीन दिनअघि कटारी नगरपालिका-२ माझिटोलस्थित कमला खोलामा भेटिएको खड्काले लगाएको कालो सेतो धर्का भएको फुल सर्ट, कालो सेतो भएको हापेन्ट कपडाको आधारमा उनका भाई डिकबहादुर खड्काले सोमबार परिचान गरेका हुन् ।

खड्काको शव सनाखतपछि कटारी अस्पतालमा पोष्टमार्डम गरि परिवारलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।