भारत / चीन / सार्क

तातोपानी नाकामै रोकियो एक हजार ५ सय मेट्रिक टन मल

By खबरहब

October 19, 2021

काठमाडौँ- चीनबाट तातोपानी नाकामा आइपुगेको १५ सय मेट्रिक टन मल नाकामै राेकिएको छ।

चीनले दैनिक १० वटा ट्रक र लरीका दरले मात्रै नेपाल आउन अमुमति दिएकाले २८ सेप्टेम्बरमा तातोपानी नाकामा आइपुगेको एक हजार ५ सय मेट्रिक टन मल नाकामै अड्किएको हो।

जसका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। सीमित सवारी साधन मात्र नाकाबाट पास हुन दिने गरिएकाले एक हजार ५ सय मेट्रिक टन मल काठमाडौँ आउन नसकेको हो ।

मल नआएपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई पत्र पठाएको छ। परराष्ट्रले चिनियाँ दूतावासलाई सहजीकरण गरिदिन पत्र पठाएको हो। ‘दूतावसाले उक्त मल नाकाबाट पास गराउनका लागि सहजीकरण गरिदिए पशंसनीय हुनेछ’ मन्त्रालयले पठाएको पत्रमा लेखिएको छ।