फाइल फोटो

इनसाइट/स्पेशल

रानीमहल घुम्न गएका पर्यटक अलपत्र

By खबरहब

October 19, 2021

पाल्पा – पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् ।

निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडक खण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय वसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ । गाईघाट, बैकुण्ठे भीर,हात्ति ढुङ्गालगायतका ठाउँमा पहिरो गएको हो ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घण्टाभित्र पहिरो हटाउन सकिने उनले बताए ।

प्रेमको प्रतीक रानीमहल घुम्न दशैँलगत्तै पाल्पा सहित छिमेकी जिल्लाहरु गुल्मी, स्याङ्जा, पर्वत, बागलुङ, काठमाडौँ, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन् ।