राजनीति

पावेलको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त

By खबरहब

October 19, 2021

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले पावेलको निधनले आफू अत्यत्न दुखी भएको बताएका छन् । सन् २००२ मा नेपाल र अमेरिकामा उनीसँग भेटेको पनि देउवाले स्मरण गरेका छन् ।

I am deeply saddened by the passing of Gen. Colin Powell, former U.S. Secretary of State. I fondly remember meeting him in Nepal and the U.S. in 2002. My thoughts are with his loved ones.

— Sher Bahadur Deuba (@SherBDeuba) October 18, 2021

कोभिड संक्रमणका कारण पावेलको ८४ वर्षको उमेरमा सोमबार निधन भएको उनको परिवारले घोषणा गरेको थियो । उनले पूर्ण खोप लगाएका थिए।

रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीसमेत रहेका थिए ।

सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्तिसमेत हुन् ।

पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने पावेल एक मात्र अमेरिकी विदेशमन्त्री हुन् । उनले सन् २००२ को १८ १८ जनवरीमा नेपाल भ्रमण गरेका थिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीलाई भेटेका थिए ।