धर्म / संस्कृति

मनाइँदै पैगम्बर जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

By खबरहब

October 19, 2021

काठमाडौँ – आज मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म जयन्ती । मुस्लिम धर्मावलम्वीहरुले धर्म प्रवर्तक पैगम्बरको जन्म दिन मनाइँदै छन् ।

सो अवसरमा संघ सरकारले मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्तीको अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रदेश २ को सरकारले पनि प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा दिएको छ।