फाइल फोटो

राजनीति

बाढी प्रभावितको सहयोगमा जुट्न कार्यकर्तालाई नेता सिंहको आग्रह

By खबरहब

October 19, 2021

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढीपहिरो र डुबानमा परेकाहरूको सहयोगमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण बाढी–पहिरोमा फसेकाहरूको उद्धारमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेता सिंहले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

उनले लेखेका छन्, “सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।”