देश/प्रदेश

बाढीले बगाएर जुम्लामा एक महिला बेपत्ता

By खबरहब

October 19, 2021

जुम्ला– जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । हिमा नदीमा आएको बाढीले एक महिलालाई बगाएको छ ।

नदीले बगाए ल्याएको दाउरा संकलन गर्ने क्रममा हिमा गाउँपालिका–६ बागबजारकी ३३ वर्षीया रत्ना शाहीलाई बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले भने, ‘बेपत्ता महिलाको खोजतलास भइरहेको छ ।’