राजनीति

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच फोन वार्ता, चीनले थप २० लाख डोज खोप अनुदान दिने

By खबरहब

October 19, 2021

काठमाडौँ– परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार फोन वार्ता भएको छ ।

वार्ताका क्रममा दुई मन्त्रीहरुबीच सीमा समस्या लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्री खड्काले सीमा समस्याका साथै रसुवा र केरुङ नाका सञ्चालनका विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीच व्यापार, कोरोनाविरुद्धको लडाइँ, चीनबाट फर्केका नेपाली विद्यार्थीको समस्या, आर्थिक विकास, चिनियाँ लगानीका आयोजनालगायतका विषयमा छलफल भएको छ । दुबै मन्त्रीहरुले साझा हितका विषयमा सहयोग आदानप्रदान गर्न सहमत भएकोसमेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै वार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने घोषणा गरेका छन् । उनले परराष्ट्र मन्त्री खड्कालाई बेइजिङ भ्रमणको निम्तोसमेत दिएका छन् ।