देश/प्रदेश

सुदूरपश्चिम सरकारले नौवटै जिल्लालाई तत्काल २५–२५ लाख उपलब्ध गराउने

By खबरहब

October 19, 2021

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकले प्राकृतिक प्रकोपबाट प्रभावित प्रदेशका नौवटै जिल्लामा तत्कालका लागि २५–२५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले भनिन्, ‘क्षतिका आधारमा सरकारले आगामी दिनमा थप सहयोग गर्ने नै छ । तत्कालका लागि सबै जिल्लालाई २५र२५ लाख उपलब्ध गराउने निर्णय गरिएको छ ।’

प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहत उपलब्ध गराउन सो बजेट प्रयोग गर्न सकिने मन्त्री जोशीले बताइन् । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा हुनेछ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।