dxfsfnLdf km;]sfnfO{ ;]gf4f/f p2f/ s~rgk'/sf] eLdbQ gu/kflnsf–( d;]66Ldf dxfsfnL gbLdf cfPsf] af9Ldf km;]sf :yfgLosf] x]lnsK6/ dfkm{t p2f/ ub}{{ g]kfnL ;]gf . ;]gfn] afO; 306f af9Ldf km;]sf b'O{ afnaflnsf;lxt kfFr hgfsf] ;s'zn p2f/ u/]sf] xf] . t:jL/ M z]/axfb'/ l;+x÷/f;;, s~rgk'/,@ sflQs

देश/प्रदेश

महाकालीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार

By खबरहब

October 19, 2021

धनगढी– कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टीमा महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

मौसममा समस्या हुँदा दुई पटक फर्किएको हेलिकोप्टरले तेस्रो पटक उनीहरूको उद्धार गरेको हो । प्रदेश सरकारको समन्वयमा सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्डको हेलिकोप्टरले उनीहरूको उद्धार गरेको हो ।

कुखुरा फार्ममा कुरुवा बस्न गएका भीमदत्त नगरपालिका ९ मुसेट्टीका एकै परिवारका पाँच जना महाकालीमा पानीको बहाव बढेपछि सोमबार रातिदेखि फसेका थिए । टापुमा फस्नेमा ३६ वर्षीय पुष्कर नायक, ३२ वर्षीया शान्ति नायक, १० वर्षीय अजय नायक, चार वर्षीय बालक सुरज नायक र ५० वर्षीया गौरी खड्का रहेका थिए ।