देश/प्रदेश

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

By खबरहब

October 19, 2021

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र तीन वर्षीय सोम पार्की रहेका छन् । साँझ ६ बजेको समयमा प्रहरीले घटनास्थलबाट तीन जनाकै शव निकालेको छ ।

अहिले घटनास्थलमा सुल्लेखान र सार्माली प्रहरी चौकीबाट दुईवटा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।