फाइल फोटो

देश/प्रदेश

बझाङमा भीषण पहिरो, ७ घर पुरिए २३ जना बेपत्ता

By खबरहब

October 19, 2021

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बझाङमा मंगलबार भीषण पहिरो गएको छ । थलरा गाउँपालिकाको वडा नम्बर ४ बिप्ला गाउँमा पहिरो गएको जिल्ला प्रशासन कार्यालय बझाङका सहायक प्रमुख जिल्ला अधिकारी राजाराम गौतमले जानकारी दिए ।

उनले खबरहबसँग फोनमा भने, ‘म जिल्ला बाहिर छु । केही समय अगाडि जिल्लाको डीएसपीसँग कुरा भएको थियो । उहाँले पहिरो गएको र २३ जना हराइरहेको प्रारम्भिक जानकारी दिनु भएको छ ।’

उद्धार टोली पहिरो स्थलमा पुगेको गौतमले बताए । तर, मौसम प्रतिकुल भएकाले उद्धारमा समस्या आएको छ । उनका अनुसार वर्षाले गरेको क्षतिका कारण बझाङ सडक सम्पर्क र सञ्चार सम्पर्कबाट छुट्टिएको छ ।

उनका अनुसार बिप्ला गाउँका अन्य ३०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले गरेको क्षतिको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।