रोचक/विचित्र संसार

माकुराले जालो बुनेको भिडियो चर्चामा

By खबरहब

November 19, 2021

आजकल सामाजिक सञ्जालमा विभिन्न जनावरको भिडियो निकै भाइरल हुने गरेको छ । यी जनावरको हर्कत र क्युट स्वभावले सामाजिक सञ्जालका प्रयोगकर्तालाई निकै आनन्द प्रदान गर्दछ । अहिले यस्तै एक भिडियो सामाजिक सञ्जालमा चर्चामा छ ।

तपाईं हामी घरमा माकुराको जालो देख्नासाथ यसको सफाइ गर्छौ । तर फेरी केही दिनमा नै जालो लाग्दछ । यस्तोमा माकुराले जालो कसरी बनाउँछ भन्ने धेरैलाई कौतुहलता होला ।

चर्चामा रहेको एक भिडियोमा माकुराले जालो लगाएको देख्न सकिन्छ । तर यो भिडियो चर्चामा आउनुको कारण माकुराले लगाएको जालोको कारण नभई जालो लगाउन उसले खर्चेको समय हो ।

भाइरल भिडियोमा एक माकुराले केवल दुई मिनेटमा जालो बनाइसक्छ । जालो बनाउने माकुराको कला र उसको तीव्रताले सबैलाई चकित तुल्याएको छ । सो माकुराले मेसिनले झैँ २ मिनेटमा आफ्नो पुरै जालो बनाएर सबैलाई अचम्मित तुल्याएको छ ।

भिडियो ट्विटरबाट हटाइए पनि युट्युबमा विभिन्न एकाउन्टमार्फत हालिएको छ ।