राजनीति

एमाले महाधिवेशन : बाजुराबाट २१ प्रतिनिधि छनोट (नामावलीसहित)

By खबरहब

November 19, 2021

बाजुरा – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि बाजुराबाट २१ प्रतिनिधि चयन भएका छन् ।

१०-१२ मंसिरमा चितवनमा हुन लागेको महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित कोटाबाट प्रतिनिधि छनोट भएका हुन् ।

खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का, हरिबहादुर रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन् ।

महिलातर्फ बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन् ।

दलित कोटामा विनोद नेपाली (बाजुरेली), काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्रतिनिधि बनेका छन् ।