टिप्स

मिक्स भेजिटेबल पुलाउ बनाउने सजिलो तरिका

By खबरहब

November 19, 2021

आवश्यक सामग्री :

५०० ग्राम बासमती चामल, १०० ग्राम मटर दाना, ५० ग्राम गाजर, ५० ग्राम फूलगोपी, ५० ग्राम घिउ, सिमी कोसा, ५० ग्राम बन्दाकोपि सबैलाई पिस गरेर उम्लेको पानीमा डुबाउनु ४-५ वटा सुकुमेल ल्वाङ दालचिनी तेजपता, १०० ग्राम राम्रो घिउ १-४ टी स्पुन जिरा गेडा, ५० ग्राम प्याज काटेको, नुन इच्छा अनुसार ५० ग्राम काजु ।

बनाउने तरिका :

चामल सफा गरी भिजाउनु तरकारीहरूको पानी निचर्नु । अब घिउ तताई ल्वाङ सुकुमेल राखी प्याज फ्राई गर्नु । चामलको पानी तारी चामललाई ४-५ मिनेट भुट्नु, आवश्यक पानी राखी पकाउनु । पाकिसके पछि तरकारीहरू राखी चलाउनु र काजुले सजाउनु । परिकार तयार भयो ।

साभार :‘सजिलो कुकिङ’ पुस्तकबाट