राजनीति

सरकारले पतञ्जलिलाई जग्गा उपलब्ध गराउँछ: प्रधानमन्त्री (भिडियो)

By खबरहब

November 19, 2021

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताएका छन् ।

काठमाडौँमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने जानकारी दिए ।

‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने ।

योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।