फाइल फोटो

आर्थिक

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

By खबरहब

November 19, 2021

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँ घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदी आज तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।