राजनीति

प्रधानन्यायाधीश राणाले बारलाई पठाए पत्र

By खबरहब

November 19, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वार्ताको आह्वान गर्दै बार एशोसिएशनलाई पत्र पठाएका छन् । पत्र बारलाई प्राप्त भएको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बारलाई राणाले समस्या समाधान गर्न तयार रहेको भन्दै वार्ताका लागि पत्र पठाएका हुन् । उनले वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको राणाले पत्रमा उल्लेख गरेका छन् । न्यायालयको सुदृढीकरणका लागि पनि आफू तयार रहेको बताएका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा बटमलाइन भन्दै आएको बार राणाको पत्रपछि आन्तरिक छलफलमा छ ।