राजनीति

देउवालाई एमाले महाधिवेशनको निम्तो

By खबरहब

November 19, 2021

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ ? म आउँछु नि’, देउवाले भनेको उनलाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने ।

एमालेको १०औं महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुँदैछ ।