राजनीति

समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

By खबरहब

November 19, 2021

काठमाडौँ– समाजवादी प्रेस संगठन नेपालले दर्ता प्रक्रिया सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन शुक्रबार काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको हो ।

संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमा आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा र बुद्धिवीर वाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका छन् ।

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको महासचिव भूपराज खड्काले जानकारी दिए ।