सुन कछुवासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ

By खबरहब

November 19, 2021

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट शुक्रबार सशस्त्र प्रहरीले सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० वर्षीयया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ वर्षीय अम्बिर राई छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाइएको छ ।