समाचार

भारतमा थपिए ५ हजार ३९० कोरोना संक्रमित

By खबरहब

December 19, 2021

काठमाडौँ – भारतमा थप ५ हजार ३९० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ८ हजार ७०६ जना कोरोनामुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार ९४३ जना रहेको छ ।