आर्थिक

घट्यो सुन र चाँदीको मूल्य

By खबरहब

December 19, 2021

काठमाडौँ – साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर एक हजार २४५ रुपैयाँ कायम भएको छ ।