अवार्ड

गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’

By खबरहब

December 19, 2021

काठमाडौं– म्यूजिक खबर डटकमले राजधानीमा आयोजन ागर्न लागेको ‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१’ मा गीतकार राजेन्द्र थापालाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने भएको छ ।

गीतकार थापाले लेखेका ‘पोहोर साल खुशी फाट्दा’, ‘पर लैजाउ फूलहरु’, ‘क्या दामी’, ‘याद गर्न पनि’, ‘गाला रातै’, ‘पहिलो नम्बर’लगायतका गीत लोकप्रिय छन् ।

आयोजकले गायक रामप्रसाद खनाललाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’, पत्रकार विदुर गिरीलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’,गायक हेमन्त शर्मा र गायिका सीता थापालाई ‘म्यूजिक खबर दशकको स्रष्टा सम्मान’ प्रदान गर्ने भएको छ ।

यसैगरी गायक राजु ढकाललाई ‘युवा प्रतिभा संगीत सम्मान’, गायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गरिने आयोजकले जनाएका छन् ।