अपराध

नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

By खबरहब

December 19, 2021

सर्लाही- सर्लाहीको मलंगवा नगरपालिका-८ बाट नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

१ लाख १५ हजार र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित दुई जना भारतीयलाई शनिबार सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ४८ वर्षीय प्रमोद कुमार र ३७ वर्षीय आशिष कुमार छन् ।

बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जादै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल, नम्बर १० गण सर्लाहीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।