राजनीति

मत गणना अन्तिम चरणमा पुग्दा शशांक विजयी, जित्न सक्ने अरु सम्भावित उम्मेदवार यी हुन् (सूचीसहित)

By खबरहब

December 19, 2021

काठमाडौँ– नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ । ४६८१ मतमध्ये ३५९५ मत गणना भइसकेको छ ।

मत गणना अन्तिम चरणमा पुग्दा डा. शशांक कोइराला निर्वाचित भइसकेका छन् भने एनपी साउद, बालकृष्ण खाँण उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारीलगायत नेताहरु जित नजिक पुगेका छन् ।

३५ भित्र देउवा प्यानलका उम्मेदवारहरुको वर्चस्व देखिएको छ । गणेश लामा ३२ औँ नम्बरमा छन् भने मनोजमणि आचार्य ३६ औँमा छन् ।