फाइल फाेटाे

राजनीति

डा. शशांकले ३८३६ पाए मत, यी हुन् खुलातर्फ निर्वाचित ३५ जना केन्द्रीय सदस्य (सूचीसहित)

By खबरहब

December 19, 2021

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३५ जना खुला केन्द्रीय सदस्यको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार डा. शशांक कोइराला ३८३६ मतसहित एक नम्बरमा रहेर विजयी भएका छन् ।

यस्तै एनपी साउद दोस्रो नम्बरमा रहेर विजयी हुँदा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण तेस्रो नम्बरमा छन् । चौथो नम्बरमा युवा उदय शमशेर राणा छन् भने अर्का युवा नेता रामहरि खतिवडा ५ औँमा छन् । यस्तै छैटो नम्बरमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

३५ औँ नम्बरमा रहेर कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् ।