राजनीति

जो पहिलो पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए

By खबरहब

December 19, 2021

काठमाडौँ– नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा १६ जनाले पहिलोपटक प्रवेश पाएका छन् ।

गत सोमबार सम्मपन्न निर्वाचनमा खुला केन्द्रीय सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । त्यसमध्ये ३५ जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा डां शशांक कोइरालाले सबैभन्दा बढी मत पाएर एक नम्बर हुँदा कृष्णकिशोर घिमिरे ३५ औं नम्बरमा परेका छन् ।

कांग्रेसमा १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । जसमा उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य र कृष्णकिशोर घिमिरे रहेका छन् ।