रोचक/विचित्र संसार

हात्तीले माउतेसँग इशारामा कुरा गरेको भिडियो भाइरल

By खबरहब

January 20, 2021

के तपाईंले कहिल्यै हात्तीलाई मानिससंग इशारामा कुरा गरेको देख्नु भएको छ । पक्कै पनि छैन होला । तर भारतको एक मन्दिरमा भने एक हात्तीले माउतेसंग कुराकानी गरेको भिडियो बनेको छ ।

भारतको तमिलनाडुस्थित तिरुचिरापल्लीमा रहेको श्रीरंगम मन्दिर, जसलाई तमिलमा तिरुवरंगमसमेत भनिन्छ उक्त मन्दिर परिसरमा रहेको एक हात्तीले हातीको सेवामा कार्यरत कर्मचारी (माउते)सँग इशारामा कुरा गरेको छ ।

भगवान ब्रह्मा, विष्णु र महेशको पूजा हुने उक्त मन्दिरमा रहँदै आएको हात्तीले माउतेसँग इशारामा कुरा गरेको हो ।

ढोकामा बसेको माउते नजिकै आएको हात्तीलाई उनले सोधेको प्रश्नको जवाफ इशारामा दिएको भिडियो भाइरल बनेको छ ।

Watch this sweet communication between the Srirangam Temple elephant Andal and her Mahout.

Elephant's relation with the Mahout & cavady has mostly been so deep &intense. Its an eternal love. Only those who have seen that true love can understand.

Video via @Gannuuprem pic.twitter.com/Vfkwbf1gY8

— Sudha Ramen IFS 🇮🇳 (@SudhaRamenIFS) December 27, 2020