राजनीति

ओलीले गठन गरेको सं‌सदीय बोर्डमा नबस्ने नेपाल र खनालको घोषणा

By खबरहब

March 20, 2021

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठन गरेकी स‌ंसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले बस्न अस्वीकार गरेका छन् ।

संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि थिए ।

शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताएका हुन् ।

‘म र झलनाथ खनाल दुई जना बबुरोहरुलाई कृपादृष्टि पुर्याएर ठाउँ दिनु भएछ’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामीलाई बस्दैनौं ।’

बोर्ड गठन बैधानिक हुनुपर्ने भन्दै उनले छलफल गरेर अगाडि बढे आफूहरू तयार रहेको बताए ।