सांकेतिक तस्बिर

समाचार

भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

By खबरहब

March 20, 2021

भादगाउँ – भक्तपुरको चित्तपोलमा आज टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकबाट चित्तपोलतर्फ जाने भित्री सडकमा बा४ख ९८१० नंको टिपरले मे८प ८३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट घाइते भएकी सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भई हाल काठमाडौँ हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

घाइते कार्कीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

घटनामा मृतकका छोरा मोटरसाइकल चालक ३४ वर्षीय प्रकाश कार्की सकुशल रहेको प्रनाउ गिरीले बताए ।

प्रहरीले घटनामा संलग्न दुवै सवारी साधन र टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ बस्ने २३ वर्षीय सुनिल तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।