खेलकुद

यूरोकपका लागि लेवान्दोस्कीको कप्तानीमा पोल्याण्डको टिम घोषणा

By खबरहब

May 20, 2021

काठमाडौँ- पोल्याण्डले यूरोकप फुटबलका लागि रोवर्ट लेवान्दोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको छ ।

अर्को महिनाबाट सुरु हुने प्रतियोगिताका लागि लेवान्दोस्कीको कप्तानीमा टिमको घोषणा भएको हो ।

जर्मन क्लब बार्यनमा निकै उत्कृष्ट खेल देखाएका लेवान्दोस्कीलाई नेतृत्वको जिम्मेवारी दिएको पोल्याण्डले चार जना गोलकिपर, नौ जना डिफेन्डर, नौ जना मिडफिल्डर र पाँच जना स्ट्राइकर टिममा राखेको छ ।

पोल्याण्डले घोषणा गरेको टिममा १७ बर्षे युवा खेलाडी कास्पर कोजलोस्की पनि डेब्यु गरेका छन् ।