रोचक/विचित्र संसार

भारतमा सिंहमा पनि देखियो कोरोना भाइरस

By खबरहब

May 20, 2021

काठमाडौँ– भारतमा पहिलो पटक जनावरमा कोरोना पोजिटिभ फेला परेको छ। हैदराबादको नेहरू चिडिया खानामा रहेका ८ एसियाली सिंहमा कोरोना संक्रमण पाइएको हो।

२९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा पोजिटिभ रिपोर्ट आएको अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ।

चिडिया खानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन्। तर उनले ती सिंहहरुको पीसीआर रिपोर्ट आधिकारिक रुपमा आउन भने बाँकी रहेको बताए । एजेन्सीको सहयोगमा