देश/प्रदेश

कोराना संक्रमणबाट नेपाल प्रहरीका ९ जनाको मृत्यु, ५०० बढीमा संक्रमण

By खबरहब

May 20, 2021

काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी राजकुमार केसीको निधनसँगै नेपाल प्रहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार बुधबार पहिलो चरणको संक्रमणबाट ६ जना र दोस्रो चरणको संक्रमणबाट ३ जना गरी ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाकै छन् ।

अहिले ३५० संक्रिय संक्रमित छन् । १५० भन्दा बढी संक्रमित निको भएका छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण सार्वजनिक गरिएको छैन ।