c:yfoL sf]/f]gf c:ktfndf tof/ a]8 wgu9L, # h]7 M s}nfnLsf] 3f]8f3f]8L gu/kflnsfn] ;~rfngdf NofPsf] c:yfoL sf]/f]gf c:ktfndf tof/ a]8x? . tl:j/ k|sfz ld>÷/f;;

रोचक/विचित्र संसार

बेहुली लिन गएका बेहुलालाई कोरोना देखिएपछि…

By खबरहब

June 20, 2021

विवाह भन्ने बित्तिकै यसले विवाहबन्धनमा बाधिने तयारीमा रहेका बेहुला बेहुलीमा उत्साह बढाउँछ । बेहुलाले घरबाट जन्ती लिएर बेहुलीको घरमा पुग्ने र त्यहाबाट विवाह गरी बेहुलीसहित बेहुलाको घर फर्कने परम्परा छ । तर कुनै बेहुला जन्ती लिएर घरबाट निस्कने बेलामा कोरोना संक्रमणको परिक्षणमा पोजेटिभ आए के हुन्छ होला ?

भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लाको एक क्वारेन्टीन सेन्टरमा एक युवा कोरोना पोजेटिभ भेटीए । जो जोडतोडका साथ विवाहकालागि जन्ती लिएर बेहुला बनी घरबाट निस्किएका थिए । यतिकैमा उनको कोरोना परिक्षणको रिपोर्ट आयो र उनी कोरोना पोजेटिभ देखिए । जसका कारण युवकलाई प्रहरीले रोक्यो र क्वारेन्टीन सेन्टरमा पठायो ।

हमीरपुरको सिसोलर थाना क्षेत्रको बक्चो गाँउमा धर्मेन्द्र नामका युवा क्वारेन्टिमा थिए । यतिकैमा विवाहको मिति निर्धारण भएपछि उनी विवाह गर्न क्वारेन्टीनबाट निस्किएर घर पुगे । उनी असगहा तमौरा गाँउमा जन्तीसहित जाने तयारीमा थिए । तर जन्ती निस्कनु अघि उनले क्वारेन्टिबाट निस्केर आउँदा दिएको परिक्षणको नतिजा आयो । जहाँ उनी कोरोना पोजेटिभ पाइयो । जसका कारण उनलाई प्रहरीले रोकेर क्वारेन्टिन नै पठायो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले अब उनको विवाह रिपोर्ट नेगेटिभ आएपछि हुने बताइएको छ ।