जीवनशैली

जब मालिकले कुकुरलाई सडकमा बेहाल छाडेर भागे (भावुक भिडियोसहित)

By खबरहब

September 20, 2021

केही मानिसमा कुकुर पाल्ने शौख हुन्छ । कुकुर पाल्दा धेरैले उसलाई घरकै सदस्य झै व्यवहार पनि गर्दछन् । तर कुकुर पाल्ने सबैले कुकुरको उत्तिकै माया गर्छन् भन्ने छैन । यसैबीच कुकुर धनीले कुकुरलाई छाडेको एक भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक कुकुरको आफ्नो धनीप्रतिको प्रेम देख्न सकिन्छ । खासमा ती व्यक्तिले सडकमा आफ्नो कुकुर छाडेर कारमा अघि बढ्छन् । सुनसान सडकमा कैद गरिएको यो भिडियोमा कारबाट उत्रिएका ती व्यक्तिले कुकुरलाई सडकमा छाडेर उसको घाँटीको पट्टा पनि निकाल्दिन्छन् ।

कुकुरको गलाबाट पट्टा निकालेपछि लावारिस अवस्थामा छाडिएको कुकुर मालिक कारमा अघि बढेसंगै उ पनि कारको पछिपछि दौडन्छ । तर कुकुर आफ्नो कारको पछाडी दौडिए पनि ति कुकुर धनीले भने उसलाई फर्केर समेत हेर्दैनन् । यो भिडियो वास्तविक हो वा अभिनयका लागि गरिएको हो त्यसबारे खुलाइएको भने छैन ।

भिडियो

What a cruelty it is to abandon one's pet 💔

While the owner faces charges for such a cruel act, the pet has found a new home now.pic.twitter.com/g9r0T2smTV

— Sudha Ramen IFS 🇮🇳 (@SudhaRamenIFS) August 26, 2021

 

स्रोत – जी न्यूज