अपराध

संखुवासभा हत्याकाण्ड : घटनामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ

By खबरहब

September 20, 2021

संखुवासभा– संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलाका एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् ।

प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले हत्यामा संलग्न थप चारजनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत २१ भदौ बिहान २१ भदौमा उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति दीपेन र नातिनी गोमाको हत्या भएको थियो ।

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

लोकबहादुरको बयानका आधारमा प्रहरीले थप चारजना पक्राउ गरेको डिएसपी सुवेदीले बताए । पक्राउ परेका चारैजनामाथि म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका चारैजना मृतक तेजबहादुरका छिमेकी हुन् ।

कसरी घट्यो घटना

घटना हुनु अघिल्लो राति सबैजना मिलेर तेजबहादुर कार्कीको हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत २१ भदौमा तेजबहादुर खेताला बोलाउन आउने भएकाले त्यही मौकामा तेजबहादुर र कमलाको हत्या गर्ने  र घटना अन्यले थाहा पाए उनीहरुको पनि हत्या गर्ने योजना अभियुक्तहरुले  अघिल्लो दिनमै बुनेको प्रहरी अनुसन्धानले देखाएको छ ।

घटना योजनावद्धढंगबाट ५ जनाको समूहले घटाएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो दिन राति ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत बसेर बुनेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको दिन २१ गते विहान मृतक तेक कुमार कार्की खेताला बोलाउन लोकबहादुरको घर आएको बेला हत्या गरेको र अनुकूल मिले तेज कुमारको घरमा भएको धनमाल समते लुट्ने योजना बुनेको अनुसन्धानले देखाएको छ ।

घटनाका बेला मृतकले ‘लोकेले मार्‍यो मलाई नमार’ भन्दै गरेको हार गुहार सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजबहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमलालाई प्रहार गरेको, हस्तबहादुरले कमलाको घाँटीमा छुरा प्रहार गरेको र बुहारी रंजनालाई नरेशले ठेलेर खोल्सामा झारेको अनुसन्धानबाट खुलेको छ ।

खड्गबहादुर, लोकबहादुर र हस्तबहादुरले मिलेर उनीहरुले हत्या गरेको खुलेको हो । यसैगरी मृतक रंजनाको शव रणबहादुर र नरेशले कमलाको शव भएको स्थानसम्म पुर्‍याएको अभियुक्त अभियुक्त लोकबहादुरले प्रहरी बयानका क्रममा भनेका हुन् ।

उनीहरुले घटनाको बेला मृतक नावलकहरु दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखेपछि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनी लोकबहादुरले चिर्पटले हिर्काएर घाँटी बटारेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ । त्यसपछि उनीहरु मृतकको घरमा गएर ८४ वर्षीयका पार्वती कार्कीको समेत हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

घरमा काम गरीरहेकी पार्वतीलाई हस्तबहादुरले समाती घर पछाडिको गोठ नजिक लगेर लोक बहादुरले टाउको भित्तामा ठोकाइ घाँटी बटारी हत्या गरेको प्रहरीसँगको बयानका क्रममा अभियुक्त लोकबहादुरले भनेका हुन् ।

प्रहरीले घटनामा संलग्न सबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको जनाएको छ । अनुसन्धानका क्रममा सबै अभियुक्तहरुले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तो छ घटना घट्नुको कारण

प्रहरी अनुसन्धानले देखाए अनुसार अभियुक्तहरुमध्ये खड्गबहादुर नियमित रक्सी खाने गरेका थिए । उनले घरमा श्रीमती र परिवारका सदस्यलाई कुटपीट तथा गाली गलौज गर्ने गरेका थिए ।

तेज कुमारले उनलाई ‘तँ जड्याहा किन यसो गर्छस्’ भनी गाली गर्ने गरेको र खड्ग बहादुरले पनि ‘तँलाई के मतलब तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई ‘तँ पागल, अल्छी, केही गर्न सक्दैनस्’ भन्ने गरेको खुलेको छ ।

नरेशलाई “तँ डुडे काम नलाग्ने भइस्” भन्ने र रणबहादुलाई समेत ‘त लठेब्रो केही गर्न सक्दैनस्’ भन्ने गरेको खुलेको छ ।

जहिले पनि उनले  हेप्ने र आफू सम्पन्न भएको फुर्ती दिने गरेको हुँदा मनमा ‘इख’ पालेका कारण घटना घटेको प्रहरीले अनुसन्धानले देखाएको छ ।

यस्तो छ प्रहरीको विवरण