फाइल फोटो

४ प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हिमपात

By खबरहब

October 20, 2021

काठमाडौं – देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा सोमबारदेखि अविरल वर्षा भइरहेको छ ।

आज बुधबार प्रदेश १ र प्रदेश २, वाग्मती, र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई अपिलसमेत गरेको छ ।