खेलकुद

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको शानदार जित

By खबरहब

October 20, 2021

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा सिटीले बेल्जियन क्लब क्लब ब्रुजलाई ५-१ गोलले हराएको हो ।

सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, केली वाल्कर र कोले पाल्मरले एक एक गोल गरे । ब्रुजका हान्स भानाकेनले एक गोल फर्काए ।

जितसँगै समूह ए मा रहेको सिटी ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । ब्रुज ४ अंकसहित तेस्रो स्थानमा छ ।