dxfsfnLdf km;]sfnfO{ ;]gf4f/f p2f/ s~rgk'/sf] eLdbQ gu/kflnsf–( d;]66Ldf dxfsfnL gbLdf cfPsf] af9Ldf km;]sf :yfgLosf] x]lnsK6/ dfkm{t p2f/ ub}{{ g]kfnL ;]gf . ;]gfn] afO; 306f af9Ldf km;]sf b'O{ afnaflnsf;lxt kfFr hgfsf] ;s'zn p2f/ u/]sf] xf] . t:jL/ M z]/axfb'/ l;+x÷/f;;, s~rgk'/,@ sflQs

देश/प्रदेश

बैतडी र बझाङमा उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी

By खबरहब

October 20, 2021

धनगढी- अविरल वर्षासँगै सुदूरपश्चिममा आएको बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि प्रदेश सरकारले पहाडी जिल्लामा हेलिकोप्टर पठाउने तयारी गरेको छ ।

मंगलबार मौसम अनुकूल नहुँदा पहाडी क्षेत्रमा हेलिकोप्टर पठाउन सकिएको थिएन । आज मौसममा केही सुधार भएसँगै बैतडी र बझाङस्थित बाढी पहिरोमा परेर फसेका नागरिकको उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।

प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइने बताइन् । ‘पहाडी क्षेत्रमा सञ्चार सेवा विच्छेद हुँदा जोखिमको पूर्ण जानकारी आएको छैन,’ मन्त्री जोशीले भनिन्, ‘केही स्थानमा हिजोदेखि मानिस फसेको भन्ने जानकारी आएको छ । ती स्थानमा तत्कालै हेलिकोप्टर पठाउने तयारी गरिएको छ ।’