देश/प्रदेश

विराटनगर विमानस्थल डुबानमा, उडान प्रभावित

By खबरहब

October 20, 2021

काठमाडौँ- सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। ‘विमानस्थलको सम्पूर्ण क्षेत्र डुबानमा परको छ। हामी पनि बाढीपीडित बनेका छौँ,’ उनले भने, ‘आज त उडानको कुरा छाडौँ‚ ज्यान जोगाउन मुस्किल छ।’

जसका कारण विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।

उनका अनुसार विमानस्थलको धावनमार्गमा करिब पाँच फिटसम्म पानी जमेको छ। बुधबार बिहानदेखि विमानस्थलमा खोलाको बाढी पसेको उनले बताए।