आर्थिक

सुनचाँदीको मूल्य सामान्य वढ्यो

By खबरहब

October 20, 2021

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वढेर एक हजार २३५ रुपैयाँ कायम भएको छ ।