राजनीति

केपी ओलीले भने– कांग्रेसजनमा प्रश्न छ, चितवनमा बाबु र छोरीलाई जिताइँयो हामीले के पाइयो ?

By खबरहब

October 20, 2021

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसजनमा नेकपा माओवादी केन्द्रसँगको साँठगाँठबारे प्रश्न रहेको बताएका छन् ।

बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले कांग्रेसजनमा पुष्पकमल दाहाल प्रचण्डप्रति प्रश्नै प्रश्न रहेको बताए ।

उनले घुमाउरो पारामा भने, ‘अहिले कांग्रेसजनमा प्रश्नै प्रश्न छन्, उनीहरू भन्छन् चितवानमा बाबु र छोरीलाई जिताइयो हामीले के पाइयो ? भन्ने गरेका छन् । सबैले सोध्ने गरेका छन् । यो मैले बुझेको छु ।’

ओलीले वर्तमान गठबन्धन चुनावसम्ममात्र गर्नुपर्छ भन्ने कुरा सार्वजनिक भएको भन्दै उनले अहिलेको गठबन्धनले जनताका लागि भन्दा पनि आफ्नो लागिमात्र अघि बढिरहेको बर्ताए ।

अहिलेको गठबन्धनले जनतासमक्ष अनेक प्रकारका भ्रम फैलाएको भन्दै ती भ्रम चिर्न नेकपा एमाले जनतामा जाने बताए ।