सांकेतिक तस्बिर

देश/प्रदेश

बैजनाथ खोलाले बगाएर हुलाकका एक कर्मचारीको मृत्यु

By खबरहब

October 20, 2021

उदयपुर– जिल्ला हुलाक कार्यालय उदयपुरमा कार्यरत एक कर्मचारीको बैजनाथ खोलामा आएको बाढीले बगाएर ज्यान गएको छ ।

उदयपुरगढी गाउँपालिका–८ नरेटारका अतिरिक्त हुलाक कार्यालयका अतिरिक्त पत्रबाहाक कर्मचारीको कार्यालयको काम सकि घर फर्किने क्रममा बैजनाथ खोलाले बगाएर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका– ८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको नेपालटारबाट महादेवस्थान घर फर्किने क्रममा खोलाले बगाएको हो ।

श्रेष्ठको शव एक किलोमिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता बेदप्रसाद गौतमले बताए ।