देश/प्रदेश

विराटनगर विमानस्थल डुबानमा (भिडियोसहित)

By खबरहब

October 20, 2021

विराटनगर– अत्यधिक वर्षाले विराटनगर विमानस्थलमा डुबान भएको छ ।

विमानस्थल डुबानमा पर्दा उडान र अवतरण बन्द गरिएको छ । विमानस्थल पूर्ण रुपमा डुब्दा मंगलबारदेखि रोकिएको बुद्ध एयर र श्री एयरलाइन्सको विमान रनवेमा सारिएको छ ।

विमानस्थलको टर्मिनल भवन, ट्याक्सी वे, रन वे, एप्रोन लगायतका भुभाग डुबानमा परेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

बुधवार बिहान सवा ६ बजेदेखि विमानस्थलमा बस्ता पैनीको पानी र अन्य क्षेत्रको वर्षातको पानी विमानस्थलमा पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सवराज खरेलले जानकारी दिए ।

भिडियो हेर्नुहोस्