अवार्ड

कात्तिक दोस्रो साता ‘एएनपी नेशनल अवार्ड’

By खबरहब

October 20, 2021

काठमाडौं–विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले फिल्म, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा ‘एएनपी नेशनल अवार्ड–२०२१’ गर्ने भएको छ ।

संस्थाका अध्यक्ष लबबहादुर कार्कीले अवार्ड पहिलोपटक आयाेजना गर्न लागिएको बताए । उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित तीनतारे होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान र फिल्म, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

आयोजकले फेसन क्षेत्र अन्तर्गत मोडल र कोरियोग्राफरका अलावा इभेन्ट आयोजक तथा व्यवस्थापकहरुलाई समेत प्रोत्साहित गर्न ती विधामा समेत अवार्डको व्यवस्था गरिएको जनाएको छ । शम्भुप्रसाद रेग्मीको संयोजनमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति हुनेछन् ।