देश/प्रदेश

नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा हिमपात

By खबरहब

October 20, 2021

हुम्ला– हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो ।

नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन् । एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

हिउँ पर्ने क्रम जारी रहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

हिमपातका कारण लिमी र मुचुको हिल्सा जाने मार्गसमेत अवरुद्ध भएको छ । तापक्रम माइनसमा झरेपछि जनजीवन प्रभावित भएको छ भने सञ्चार सेवासमेत बन्द भएको तामाङले बताए ।